के इन्स्टाग्रामले रीलका लागि छुट्टै एप ल्याउन लागेको हो ?
काठमाडौं । इन्स्टाग्रामले टिकटकले जस्तै नयाँ छोटो भिडियो ब्लगिङ एप सार्वजनिक गर्न लागेको विषयले चर्चा पाएको छ ।
अमेरिकामा टिकटकको भविष्य अनिश्चित देखिएका बेला इन्स्टाग्रामले आफ्नो छोटो भिडियो फिचर रीललाई छुट्टै एपको रूपमा लन्च गर्न लागेको चर्चा चुलिएको हो ।
प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले कर्मचारीहरूलाई यस हप्ता टिकटकजस्तै छुट्टै एप ल्याउन लागिएको बारे जानकारी गराएका छन् ।
यद्यपि, इन्स्टाग्रामको मूल कम्पनी मेटाले भने यसबारेको जिज्ञासामा केही जानकारी नदिएको बिबिसी समाचारमा उल्लेख छ ।
यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववर्ती राष्ट्रपति जो बाइडेन प्रशासनले बनाएको कानूनअनुसार टिकटकलाई स्थानीय कानुन पालना गर्न ७५ दिनको समय दिएका थिए। उक्त कानूनअनुसार टिकटक स्थानीय कम्पनीलाई बेच्नुपर्ने हुन्छ । अन्यथा यसले प्रतिबन्धको सामना गर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया