NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १६ गते

विश्वभर किन ठप्प भयो एक्स ?

काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सोमबार ‘ठूलो साइबर हमला’ भएको बताएका छन्। यसमाथि थप हमला हुन सक्ने संकेत पनि उनले गरेका छन् ।

‘हामीमाथि हरेक दिन हमला हुन्छ, तर सोमबार चाहिँ धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो,’ उनले भने । यसमा कुनै ठूलो समूह वा देश नै संलग्न भएको आरोप पनि उनले लगाए ।

मस्कको यो भनाइ प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार अमेरिकी प्रयोगकर्ताहरूबाट प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा हजारौं गुनासोहरू प्राप्त भएको बताएपछि आएको हो।

सोमबारको अवरोधको समयमा धेरै प्रयोगकर्ताहरूले प्लेटफर्म पहुँच गर्न र यसको एप, डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखाइएको थियो।