स्थानीय चुनावमा मतदाताको संख्या टुङ्गो लाग्यो, महिलाभन्दा पुरुष धेरै
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने भएका छन् ।
आगामी वर्षको वैशाख ३० मा हुन लागेको निर्वाचनका लागि अन्तिम नामावली टुङ्गो लगाएको निर्वाचन आयोगले जनाएको छ । आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।
जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता रहेको आयोगले जनाएको छ ।
यस्तै महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छन् ।
पुरुषभन्दा महिलाको जनसंख्या धेरै भए पनि मतदाता भने पुरुष बढी देखिएका छन् ।
यसैगरी, अन्यमा १८३ जना मतदाता छन् ।
सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २ सय २३ जना रहेका छन् ।
यसैगरी, सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया