लिभरपुलको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकाविरुद्धमाथि ३–१ को जित निकाल्दै इंग्लिस क्लब लिभरपुलको सेमिफाइनलको ढोका सहज बनाएको हो ।
बेन्फिकाको मैदानमा गएराति भएको खेलमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
यस्तै, खेलको ३४ औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलको अग्रता २–० को बनाए ।
खेलको ४९ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
खेलको ८७ औं मिनेटमा लुइस डियाजले गोल गरे । यसपछि लिभरपुलले ३–१ को जित निकाल्यो ।
दोस्रो अब लेग अप्रिल १४ मा लिभरपुलको मैदानमा हुनेछ ।
गएराति नै भएको अर्को वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया