लिभरपुलको सेमिफाइनल सम्भावना बलियो
काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकाविरुद्धमाथि ३–१ को जित निकाल्दै इंग्लिस क्लब लिभरपुलको सेमिफाइनलको ढोका सहज बनाएको हो ।
बेन्फिकाको मैदानमा गएराति भएको खेलमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
यस्तै, खेलको ३४ औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलको अग्रता २–० को बनाए ।
खेलको ४९ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
खेलको ८७ औं मिनेटमा लुइस डियाजले गोल गरे । यसपछि लिभरपुलले ३–१ को जित निकाल्यो ।
दोस्रो अब लेग अप्रिल १४ मा लिभरपुलको मैदानमा हुनेछ ।
गएराति नै भएको अर्को वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया