के इन्स्टाग्रामले रीलका लागि छुट्टै एप ल्याउन लागेको हो ?
काठमाडौं । इन्स्टाग्रामले टिकटकले जस्तै नयाँ छोटो भिडियो ब्लगिङ एप सार्वजनिक गर्न लागेको विषयले चर्चा पाएको छ ।
अमेरिकामा टिकटकको भविष्य अनिश्चित देखिएका बेला इन्स्टाग्रामले आफ्नो छोटो भिडियो फिचर रीललाई छुट्टै एपको रूपमा लन्च गर्न लागेको चर्चा चुलिएको हो ।
प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले कर्मचारीहरूलाई यस हप्ता टिकटकजस्तै छुट्टै एप ल्याउन लागिएको बारे जानकारी गराएका छन् ।
यद्यपि, इन्स्टाग्रामको मूल कम्पनी मेटाले भने यसबारेको जिज्ञासामा केही जानकारी नदिएको बिबिसी समाचारमा उल्लेख छ ।
यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववर्ती राष्ट्रपति जो बाइडेन प्रशासनले बनाएको कानूनअनुसार टिकटकलाई स्थानीय कानुन पालना गर्न ७५ दिनको समय दिएका थिए। उक्त कानूनअनुसार टिकटक स्थानीय कम्पनीलाई बेच्नुपर्ने हुन्छ । अन्यथा यसले प्रतिबन्धको सामना गर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया