घोषणापत्रमार्फत कांग्रेसले कम्युनिस्टमाथि लगाएका ८ आरोप

काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै गएको पाँच वर्ष कम्युनिस्ट नेतृत्वको सरकारले त्यतिकै खेर फालेको आरोप लगाएको छ ।
कांग्रेसले ०७४ को निर्वाचनपछि लामो संक्रमण र राजनीतिक अस्थिरताको अन्त्य भइ स्थिरताको स्वर्णिमकाल आएको भए पनि कम्युनिस्टहरूले सदुपयोग गर्न नसकेको टिप्पणी गरेको छ ।
स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
यसक्रममा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनउत्तेजनाको व्यापारीको संज्ञासमेत दिएको छ ।
यस्ता छन् ८ आरोप :
१. जनउत्तेजनाको व्यापारीको कारण देश भयंकर संकटमा फस्ने जोखिम बढेको ।
२. संवैधानिक प्रावधान अनुसारका संस्थाको निर्माण र सुदृढीकरण नगरेको ।
३. स्वायत्त संस्थाहरूको स्वतन्त्र विकास, व्यवस्थाको सुदृढीकरण नगरेको ।
४. सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनमा वृद्धि र भ्रष्टाचार नियन्त्रणमा चुकेको ।
५. नागरिकको स्वतन्त्रता र सिर्जनशीलतालाई प्रोत्साहन, रोजगारी अवसर वृद्धि नगरेको ।
६. संवैधानिक प्रावधान अनुसारका संस्थाको निर्माण र सुदृढीकरण नगरेको ।
७. जनसरोकारका विषयमा, सेवा र सुविधाको प्रवाहमा उल्लेखनीय सुधार नगरेको ।
८. स्थिरताको लाभबाट बञ्चितमात्र नगरी झन् भयङ्कर अस्थिरताको जोखिम बढाएको ।
‘ओलीजस्तो जनउत्तेजनाको व्यापारीका कारण देश भयंकर संकटमा फस्ने जोखिम बढ्यो’
प्रतिक्रिया