उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन, ‘बैंकमार्फत मात्र खर्च गर्नू’
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
‘आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न उम्मेदवारहरूलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको–नगरेको ख्याल गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।
निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा पनि उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया