सर्वदलीय बैठकमा कांग्रेस कार्यकर्ता खुकुरी लिएर गए
गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका कार्यकर्ता खुकुरीसहित पुगेका छन् । बुधबार बिहान भएको बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुरुङले आफूले बोक्ने झोलाभित्र खुकुरी लिएर गएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै झोला बोकेर पुगेका उनलाई शंकास्पद देखेपछि प्रहरीले चेकजाँच गर्दा खुुकुरी भेटेको थियो ।
गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया