जसपा अध्यक्ष यादव र डा कोइरालाद्वारा मतदान

मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान संकाय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन । त्यस्तै कांग्रेसका विराटनगर महानगरपालिकामा प्रमुखका उम्मेदवार नागेश कोइराला, राप्रपाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेकपा (एमाले) का प्रमुखका उम्मेदवार सागर थापाले भने विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गरेका हुन् । विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इञ्जिनीयरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् । यसैगरी एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निरौला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि, जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान संकाय स्नातकोत्तर क्याम्पसमा मतदान गरेका छन् । ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया