मत दुरूपयोग गरेपछि मतदान अधिकृत बर्खास्त
काठमाडौं । मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका एक निर्वाचन अधिकृतलाई बर्खास्त गरिएको छ ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको हो ।
बर्खास्तपछि उनको स्थानमा सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर दिएको एक अधिकारीले जानकारी दिए ।
साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । साहले मतको दुरुपयोग गरेपछि विवाद उत्पन्न हुँदा केहीबेर मतदान प्रकृया रोकिएको थियो ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया