हेटौंडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
मतगणना हेटौंडा-२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उनका अनुसार हेटौंडाको चार वडाको मतगणना एकैपटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् ।
मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
हेटौंडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए ।
निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया