कागेश्वरीमा निवर्तमान मेयरको कन्तविजोग
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राम शरण ढुंगानाले अग्रसरता लिएका छन् । यो समाचार तयार पार्दासम्म ५३४ मतसहित उनी अग्रपंक्तिमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले ४५२ मतसहित उनलाई पछ्याइरहेका छन् ।
त्यस्तैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार निवर्तमान मेयर कृष्ण हरी थापाले मात्रै २७ मत पाएका छन् । उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार शान्ता थापाले ४०२ मत प्राप्त गरेकी छिन् ।
उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंले १४१ मतसहित पछ्याइरहेका छन् भने नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सरस्वती नेपाल ३७ मतसहित अन्तिममा छिन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया