दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

काठमाडाैं । जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनी तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे । बुढामगर निवर्तमान अध्यक्षसमेत हुन् । नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए ।
यसैगरी उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी० का गङ्गबहादुर शाही विजयी भए । उनलाई दुई हजार ८३४ मत प्राप्त भयो । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरे ।
नौमूलेमा ९नेकपा माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० को चुनावी गठबन्धन थियो । आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया