आँधीखोलामा एमाले निर्वाचित
वालिङ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । पौडेलले पाँच हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छन् । उनी पाँच हजार २७३ मतले विजयी भइन भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरेका छन् ।
६ वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । ३ र ६ वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् । १६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया