काठमाडाैं अपडेट : बालेनलेभन्दा स्थापितले ल्याए एक मत बढी !
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले मतगणनाकाे पछिल्लाे नतिजामा स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा एक मत धेरै ल्याएका छन् ।
यसअघि स्थापितको मत ५८४१ थियो भने अहिले पछिल्लो अपडेटमा उनको मत ५९५६ पुगेको छ ।
त्यस्तै बालेनले यसअघि १०८९९ मत प्राप्त गरेका थिए भने अहिले उनको मत ११४ ले बढेर ११०१३ मत पुगेको छ ।
यसरी हेर्दा अघिल्लो पटक सार्वजनिक गरिएको मतबाट पछिल्लो पटकको मत घटाउँदा केशव स्थापितले ११५ मत ल्याएका छन्, भने बालेनको ११४ आएको छ । यी दुई प्रतिस्पर्धीबीच पछिल्लाे गणनाकाे मतान्तर १ मत मात्रै छ ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन सुरूवातदेखि नै अगाडि रहेका छन् । समग्रमा स्थापित ५ हजार ५७ मतले बालेनभन्दा पछाडि छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार २११ मत प्राप्त गरेकी छन् ।
महानगरका वडा नं. १, २, ३, ४, ५, ६, ३१ र ३२ को मत गणना भइरहेको छ । यी सबै वडामा बालेनकै अग्रता देखिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया