केशव स्थापितकाे वडामा आएपछि बालेन पछाडि
काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको वडामा २०० मत गन्दा अहिलेसम्म स्थापित ६० मतसहित अग्र स्थानमा छन् ।
उनी अग्रस्थानमा हुँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएका छन् । यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ मत ल्याएकी छन् । समग्रतामा बालेनले अहिलेसम्म १७ हजार ५५८ मत ल्याएर अगाडि छन् भने स्थापितको ९ हजार ५६ मत छ ।
सिंहले ८१२८ मत ल्याएकी छन् । काठमाडौंको वडा नं २८ पुरानो बसपार्क र बागबजार क्षेत्र हो । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया