अन्ततः आफ्नै भतिजोसँग पराजित भए २९ सालदेखि वडाध्यक्ष जित्दै आएका ब्यञ्जनकार

काठमाडौं । २०२९ सालदेखि अहिलेसम्मका सबै चुनावमा जित्दै आएका नरसिंह ब्यञ्जनकार अन्ततः पराजित हुन पुगेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा ८१ वर्षिय ब्यञ्जनकार ललितपुर १० को वडा अध्यक्षमा पराजित भएका हुन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका ञ्यञ्जनकारलाई वडा अध्यक्षका कांग्रेस उम्मेदवारले पराजित गरेका हुन् । रबिनमान ब्यञ्जनकारसँग पराजित भएका हुन् । नरसिंहले ५४३ मत ल्याउँदा भतिजा रबिमान ८२५ मत ल्याएर विजयी भएका हुन् ।
नरसिंह पञ्चातय, बहुदल र गणतन्त्रमा पनि निरन्तर वडाध्यक्ष जित्ने एकमात्र नेता थिए । तर अब उनको यो क्रम भने टुटेको छ । उनकाे विजयी यात्रा भतिजाेले टुटाएका हुन् ।
२०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदवार बन्दै नरसिंहले ६७६ मत ल्याएर जितेका थिए । पराजित कांग्रेसका कर्मलाल व्यञ्जनकारको ६०२ मत आएको थियो ।
१० पटकसम्म चुनाव जिते पनि यसपटक उनी चुकेका हुन् ।
प्रतिक्रिया