पालिकामा एमालेभन्दा कांग्रेसलाई एक सय बढीको नेतृत्व, अहिलेसम्म कुन दलले कति जिते ?
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नतिजा आएकामध्ये कांग्रेसले भारी अग्रता लिएको छ । कांग्रेसले अहिलेसम्म दोस्रो स्थानमा रहेको एमालेभन्दा एक सय बढी पालिकाको नेतृत्व जितेको छ ।
कांग्रेसले २७४ प्रमुख\अध्यक्ष र २५४ उपप्रमुख\उपाध्यक्ष जितेको छ । तर एमाले पालिकाको नेतृत्वमा कांग्रेसभन्दा ठ्याक्कै एक सयले पछाडि छ ।
एमालेले १७४ प्रमुख\अध्यक्ष जितेको छ । उपप्रमुख \उपाध्यक्ष गरी १९७ स्थानमा एमाले विजयी भएको छ ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रले अहिलेसम्म प्रमुख र\अध्यक्ष गरी १११ पालिका नेतृत्वमाथि कब्जा जमाएको छ । उपप्रमुख र उपाध्यक्षमा उसले जितेका पालिकाको संख्या ११८ छ ।
जनता समाजवादी पार्टीले १८ पालिका प्रमुख र १७ उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले १४ प्रमुख र २० उपप्रमुख जितेको छ ।
अन्य दलले २३ पालिका प्रमुख १५ उपप्रमुख जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुख र उपप्रमुखमा सातसात स्थानीय तह जितेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया