बलात्कार पीडित युवतीको पक्षमा बोलिन् वर्षा
ठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी सुन्दरी प्रतियोगिताका क्रममा बलात्कारमा परेको भनिएकी युवतीको पक्षमा खुलेकी छन् ।
उनले बलात्कार भयो भन्दा पनि अनेक स्पष्टीकरण माग्ने समाजमा निर्मला, समिक्षा र सुस्मिताको जन्म भएको नौलो नलागेको भन्दै फेसबुकमा लेखेकी छन् ।
साथै वर्षाले ‘सुस्मिताका लागि न्याय माग्ने र देशमा बलात्कार पीडितप्रति गर्ने व्यवहारमा परिवर्तनको माग गर्ने आन्दोलनकारीको साथमा म उभिन्छु’ भनेकी छन् ।

सुन्दरी प्रतियोगिताका क्रममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै बुधबार एक युवतीले सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक गरेपछि अहिले उनको न्यायका लागि धेरैले आवाज उठाइरहेका छन् ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यो घटनामा मुछिएकी छन् । उनलाई पीडित युवतीले घटनाबारे बताउँदा पनि उनीबाट सहयोग नपाएको गुनासो गरेकी छन् । माल्भिकाले बलात्कार पीडितलाई सहयोग नगरेको भन्दै आलोचना भएपछि उनले स्पष्टीकरणसमेत दिइसकेकी छन् ।
यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो
पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया