काठमाडौं वडा नम्बर २८ मा कांग्रेसका खड्गी विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।
भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् । भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् ।
महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ । एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ ।
कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया