भरतपुरमा ५६ हजार ८४५ मतगणना : रेनु, विजय र जगन्नाथले कति पाए ?

काठमाडौं । भरतपुरमा अहिलेसम्म ५६ हजार ८ सय ४५ मतगणना भएको छ ।
जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता लिएकी छिन् ।
पछिल्लो परिणामअनुसार मेयरमा रेनुले २१ हजार चार सय ९२ मत ल्याएकी छिन् ।
प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १८ हजार दुई सय ७० मत ल्याएका छन् । पछिल्लो परिणाम अनुसार रेनुको अग्रता ३२२२ छ ।
रेनुले एक दिन अघिदेखि अग्रता बढाउँदै लगेकी छिन् ।
प्रतिक्रिया