भरतपुरमा रेनुलाई भारी अग्रता, एमालेका विजयलाई कमब्याक गर्न अब कठिन

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को इपिसेन्टर मानिएको भरतपुर महानगरपालिका माओवादीकी रेनु दाहालले अग्रतालाई बलियो बनाउँदै लगेकी छिन् ।
पछिल्लो अपडेट अनुसार भरतपुरमा रेनुले ३५ हजार ४९ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेका एमालेका विजय सुवेदीले २७ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् ।
विजय ७ हजार तीन सय ८८ मतले पछाडि देखिएका छन् । भरतपुरमा १५ वडाको मतगणना सकिइसकेको छ । यस्तोमा भारी मतान्तरले रेनुले अग्रता लिएपछि अब एमालेका सुवेदीलाई कमब्याक गर्न गाह्रो देखिएको हो ।
जगन्नाथ पौडेलले १२ हजार मत बढाएका छन् । कांग्रेसबाट पौडेलको बागी उम्मेदवारी परेपछि एमालेलाई झन् घाटा देखिएको हो । किनकी माओवादी उम्मेदवार रेनुको असन्तुष्टिको भोट विजयलाई जाने देखिए पछि स्वतन्त्रबाट पौडेल भुइँकटहरमा उठेपछि एमालेलाई थप झट्का लागेको थियो । राम्रो मत आउने वडाबाटै एमालेलाई यसपटक धेरै भोट नआएपछि एमालेका उम्मेदवार निराश बनेको बताइन्छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया