काठमाडौं महानगर अपडेट : बालेन सिर्जनाभन्दा १७ हजार बढी मतले अघि
काठमाडाैं । काठमाडौंको मेयरका लागि स्वतन्त्रका बालेन्द्र शाहले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।
जारी मतगणनाको पछिल्लो अपडेटअनुसार बालेनले ३९ हजार ५१५ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २२ हजार २७० मत प्राप्त गरेकी छिन् । बालेन सिंहभन्दा १७ हजार २४५ मतले अघि छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २१ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।
स्थापित बालेनभन्दा १७ हजार ७४० मतले पछि छन् भने सिंहभन्दा ७९५ मतले पछाडि परेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया