काठमाडौं महानगर अपडेट : बालेन सिर्जनाभन्दा १७ हजार बढी मतले अघि
काठमाडाैं । काठमाडौंको मेयरका लागि स्वतन्त्रका बालेन्द्र शाहले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।
जारी मतगणनाको पछिल्लो अपडेटअनुसार बालेनले ३९ हजार ५१५ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २२ हजार २७० मत प्राप्त गरेकी छिन् । बालेन सिंहभन्दा १७ हजार २४५ मतले अघि छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २१ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।
स्थापित बालेनभन्दा १७ हजार ७४० मतले पछि छन् भने सिंहभन्दा ७९५ मतले पछाडि परेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया