काठमाडौं महानगरको मेयर पदमा पराजित भएपछि के भने स्थापितले ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले निर्वाचनको परिणाम घोषणा भएपछि लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्यरुपमा लिएको बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले आफू पटक-पटक लडेर धुलो टक्टक्याउँदै उठेको व्यक्ति भएको पनि बताए ।
विज्ञप्तिमा लेखेका छन्, ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षा योपटकको निर्वाचन परिणामसँगै सफल हुन सकेन तर यहाँको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि धरमराएको छैन ।’
उनले निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगाेललाई शुभकामना दिँदै उनीहरूले हरेक मतपत्रको सम्मान गर्नेछन् भन्ने अपेक्षा लिएको पनि बताएका छन् ।
साथै काठमाडौंको विकास र समृद्धिमा बालेनले चालेका सकारात्मक काममा रचनात्मक सहयोग रहने र कमजोरीमा निरन्तर खवरदारी गर्ने पनि उनको भनाइ छ ।
स्थापितले चुनावको क्रममा सहयोग गर्ने र आफूलाई मत दिने मतदातालाई धन्यवाद पनि दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया