नेसन्स लिगमा जर्मनीको ३ अंकको रोचक र दुर्लभ संयोग
काठमाडौं । नेसन्स लिगमा जर्मनीले लगातार तेस्रो बराबरी खेलेको छ । लिगको समूह ३ मा गएराति हंगेरीसँगको बराबरीपछि जर्मनीले लगातार तेस्रो खेलमा पनि बराबरी खेलेको हो ।
यस अघि जर्मनीले नेसन्स लिगको पहिलो खेलमा इटालीसँग, दोस्रो खेलमा इंग्ल्याण्डसँग र तेस्रो खेलमा हंगेरीसँग समान एकएक गोलको बराबरी खेलेको हो ।
नेसन्स लिगको ग्रुप ३ मा लगातार तीन बराबरीपछि जर्मनीको तीन अंक भएको छ । गोल गरेको गोल खाएको संख्या पनि तीन तीन नै रहेको छ ।
यो सूमहमा इटाली तीन खेलबाट ५ अंकसहित पहिलो स्थानमा छ । इटालीले एक जित र दुई बराबरीको नतिजा निकालेको हो । चार अंकसहित हंगेरी दोस्रो स्थानमा छ । अब फेरि समूहका चारवटै टिमले पुनः तीन-तीन खेल खेल्नेछन् ।
तीन खेलबाट दुई बराबरी र एक खेल हारेपछि इंग्ल्याण्डको २ अंक मात्रै भएको छ । इंग्ल्याण्ड र इटालीले गएराति नै गोलरहित बराबरी खेलेका थिए ।
गत युरोकपको फाइनलमा इटालीले इंग्ल्याण्डलाई पाखा लगाउँदै उपाधि जितेको थियो । तर नेसन्स कपमा इंग्ल्याण्डले उपाधि गुमाएपछि इटालीसँग बदला लिन सकेन ।
रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल स्विजरल्याण्डसँग हार्यो
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया