NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा उक्लियो

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ । योसँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा चेक रिपब्लिकलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेनले जित दर्ता गरेको हो ।

स्पेनका लागि कार्लोस सोलेरले २४ औं मिनेटमा पहिलो गोल गरेर अग्रता दिलाएका थिए । पाब्लो सराबियाले ७५ औं मिनेटमा स्पेनका लागि अर्को गोल थप गर्दै सुविधाजनक जितका लागि भूमिका खेले ।

स्पेन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा चढेको छ भने चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा