थप १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

काठमाडौं । गत २४ घण्टामा १६८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार ३ हजार २० जनामा कोरोना परीक्षण गर्दा १२९ पिसीआर विधिबाट र ३९ एन्टीजेन विधिबाट संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ७२४ पुगेको छ । जुन कुल संक्रमितको ९८.७ प्रतिशत हो ।
सोमबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने गत २४ घण्टामा देशभर ७७० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया