थप १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित
काठमाडौं । गत २४ घण्टामा १६८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार ३ हजार २० जनामा कोरोना परीक्षण गर्दा १२९ पिसीआर विधिबाट र ३९ एन्टीजेन विधिबाट संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ७२४ पुगेको छ । जुन कुल संक्रमितको ९८.७ प्रतिशत हो ।
सोमबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने गत २४ घण्टामा देशभर ७७० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया