नानी अष्ट्रेलियन क्लबमा अनुबन्धित
काठमाडौं । पोर्चुगिज विंगर लुइस नानी अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित भएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार नानीलाई अष्ट्रेलियन ए लिग क्लब मेलबर्नले मंगलबार अनुबन्ध गरेको हो ।
नानी २०२२-२३ को सिजनका लागि अनुबन्धित भएको क्लबले जनाएको छ ।
च्याम्पियन्स लिग विजेतासमेत रहेका नानीले पछिल्लो सिजन इटालियन सिरी बी क्लब भेनेजियाबाट खेलेका थिए ।
युनाइटेडबाट २००७ देखि २०१५ सम्म खेलेका नानीले १ सय ४७ खेल २५ गोल गरेका थिए । उनले अर्का पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँगै युनाइटेडमा खेलेका थिए ।
पोर्चुगलबाट नानीले युरोकप जितेका छन् । उनले राष्ट्रिय टोलीमा ११२ खेल खेल्दै २४ गोल गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया