थप ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो केहिदिनयता कोरोनाका संक्रमित बढ्दै गइरहेका छन् । गत २४ घण्टामा ८९५ नयाँ संक्रमित थपिएका छन् ।
५ हजार ९०९ जनामा परीक्षण गर्दा पिसीआरमा ६३२ र एन्टीजेनमा २६३ जनामा परीक्षण गर्दा सो संख्यामा कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ६२० जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै गएको २४ घण्टाको अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमाा उल्लेख छ । आइतबार पनि एक जना संक्रमितको मृत्यु भएको थियो । त्यस्तै, सोमबार २६४ जना संक्रमणमुक्त्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ ।
मन्त्रालयले कोरोना दर बढ्दै गएपछि सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया