थप ९१५ जनामा काेरोना पुष्टि, ३०१ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार २ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा ११ लाख ३१ हजार ८५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०१ सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७० हजार ९ सय २६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६८ पुगेको छ । गत २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार चार सय ३३ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया