थप ७६० जना कोरोना संक्रमित थपिए, एकको मृत्यु
काठमाडौं । गत २४ घण्टामा ५ हजार ९२६ जनामा कोरोना परीक्षण गर्दा थप ७६० जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ९१५ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै गएको २४ घण्टाको अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६९ पुगेको छ भने ३२४ जना निको भएका छन् ।
यो सँगै निको हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६०२ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार ५ हजार ४३३ सक्रिय संक्रमित रहेका थिए ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया