९३४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु
काठमाडौं । सोमबार ५ हजार ३५१ जनामा कोरोना परीक्षण गर्दा पिसीआरमा ४९८ र एन्टिजेनमा ४३६ जना गरी थप ९३४ जना संक्रमित थपिएका छन् । आइतबार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुुनेको संख्या ११ हजार ९७२ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । जुन कुल संक्रमितको ९८.२ प्रतिशत हो ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।
प्रतिक्रिया