थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।
शुक्रबार ५११ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।
यस्तै, ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ । गत २४ घण्टामा २३ हजार ८०१ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया