४५५ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौं । गत २४ घण्टामा थप ४५५ जना कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८२९ जनाको परीक्षण गरिएकोमा पिसीआरबाट २ हजार ३०८ र एन्टिजेनमा १५० जनाको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । शनिबार २६३ जना संक्रमित भएका थिए । शनिबारको तुलनामा आइतबार संक्रमित दोब्बर संख्यामा थपिएका हुन् ।
त्यस्तै, आइतबार ३०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६०९ पुगेको छ । आइतबार ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयउले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९८८ पुगेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया