४५५ कोरोना संक्रमित थपिए, २ को मृत्यु
काठमाडौं । गत २४ घण्टामा थप ४५५ जना कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८२९ जनाको परीक्षण गरिएकोमा पिसीआरबाट २ हजार ३०८ र एन्टिजेनमा १५० जनाको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । शनिबार २६३ जना संक्रमित भएका थिए । शनिबारको तुलनामा आइतबार संक्रमित दोब्बर संख्यामा थपिएका हुन् ।
त्यस्तै, आइतबार ३०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६०९ पुगेको छ । आइतबार ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयउले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९८८ पुगेको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया