२८६ जनामा कोरोना संक्रमण, ४७९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमण देखिएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट २०२ र एन्टिजेन परीक्षणबाट ८४ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार २९९ जना संक्रमित थपिएका थिए ।
त्यस्तै, गएको २४ घण्टामा ४७९ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट कसैको मृत्यु भएको छैन। शनिबार २ जना संक्रमितकाे मृत्यु भएकाे थियाे । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया