जाडो बढ्यो, डेंगु संक्रमित घटे

सुदुरपश्चिम । जाडोयाम सुरु भएसँगै सुदुरपश्चिममा डेंगीका संक्रमित घटेका छन् ।
कार्तिक महिनाको यहि समयमा ७५ भन्दा बढी डेंगी संक्रमित अस्पताल भर्ना भएकोमा पछिल्लो एक महिनामा आधा भन्दा कम रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।
जोशीका अनुसार जाडो समयमा लामखुट्टेको वृद्धिविकास निकै कम हुन्छ । निर्देशनालयका अनुसार डेंगीबाट कैलालीमा २, अछाम र कञ्चनपुरमा १/१ गरी ४ जनाको मृत्यु भएको थियो भने बाजुरामा २६,अछाममा ४०, डडेल्धुरामा ४२, बैतडीमा ७३ डेंगी संक्रमित देखिएका थिए ।
कन्चनपुर, कैलाली र दार्चुलामा भने डेंगी संक्रमितको संख्या २ सय नाघेको थियो । तर अहिले जाडो बढेसँगै डेंगीका संक्रमितहरू पातलिएका छन् ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया