फिदिममा निःशुल्क हाडजोर्नी शिविर
पाँचथर । फिदिममा सञ्चालन भएको १० दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा एक सय आठ जनाको शल्यक्रिया तथा दुई सय २६ जनाको जाँच गरिएको थियो ।
हाडजोर्नीको समस्या भएका र शरीरको विभिन्न अङ्गमा राखिएको स्टील रड पनि निकालिएको चिकित्सक मिङमा गेल्जेङ शेर्पाले बताए ।विपन्न नागरिकलाई लक्ष्य गरी घरआँगनीमै सेवा प्रवाह गर्ने उद्देश्यले पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।
उक्त नगरपालिका तथा पाँचथर जिल्ला अस्पतालले आयोजना गरेको सो शिविरमा नेपाल माउण्टेन मोबाइल अस्पताल तथा सोलखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने स्थानीय जनसेवा समाजले शिविर व्यवस्थापन गरेको थियो ।
यसअघि पनि सोही टोलीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि सुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया