उदयपुरमा विप्लव समूहले दियो उम्मेदवारी

उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि सोमबार उदयपुरको चार पालिकामा विभिन्न पदमा मनोनयन गराएको छ । उक्त पार्टीका उदयपुर इञ्चार्ज लक्ष्मण पौडेलका अनुसार सो पार्टीको तर्फबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जितबहादुर पुलामी मगरले उम्मेदवारी दिएका छन् ।
यस्तै सो पालिकाको वडा नं ५ को अध्यक्षमा केशव श्रेष्ठ, वडा नं ६ को अध्यक्षमा ढबबहादुर राउत र वडा ८ को अध्यक्षमा रेवती श्रेष्ठले उमेदवारी दर्ता गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिकाको उपमेयरमा सो पार्टीका रामकृष्ण सदाले उम्मेदवारी दिएका छन् भने बेलका नगरपालिका–९ को वडाध्यक्षमा मनकुमारी राईले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए ।
उनका अनुसार कटारी नगरपालिकाको वडा नं ९ र ४ मा पनि वडाध्यक्षका लागि उक्त पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया