उदयपुरमा विप्लव समूहले दियो उम्मेदवारी
उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि सोमबार उदयपुरको चार पालिकामा विभिन्न पदमा मनोनयन गराएको छ । उक्त पार्टीका उदयपुर इञ्चार्ज लक्ष्मण पौडेलका अनुसार सो पार्टीको तर्फबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जितबहादुर पुलामी मगरले उम्मेदवारी दिएका छन् ।
यस्तै सो पालिकाको वडा नं ५ को अध्यक्षमा केशव श्रेष्ठ, वडा नं ६ को अध्यक्षमा ढबबहादुर राउत र वडा ८ को अध्यक्षमा रेवती श्रेष्ठले उमेदवारी दर्ता गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिकाको उपमेयरमा सो पार्टीका रामकृष्ण सदाले उम्मेदवारी दिएका छन् भने बेलका नगरपालिका–९ को वडाध्यक्षमा मनकुमारी राईले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए ।
उनका अनुसार कटारी नगरपालिकाको वडा नं ९ र ४ मा पनि वडाध्यक्षका लागि उक्त पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया