नवनिर्वाचित जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल सुरु

काठमाडौं । २०७४ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल बिहीबार रातिबाट सकिएपछि अहिले निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुक्रबारदेखि सुरु भएको छ ।
अब जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गतेसम्म रहनेछ ।
०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो ।
शुक्रबार बिहानसम्म देशभर ६ सय २ स्थानीय तहको निर्वाचन नतिजा आइसकेको छ । अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । धेरै मतदाता रहेका काठमाडौं, भरतपुर, विराटनगर, वीरगञ्जलगायत महानगरपालिकामा अन्तिम नतिजा आउन अझै केही लाग्ने देखिएको छ ।
प्रतिक्रिया