नेपालमा लगानीको वातावरण बनाउन कस्ता नीति आवश्यक छन् ?
काठमाडौं । सरोकारवालाहरूले नीतिगत र कानुनी रुपमा दुई अर्थ लगाउने प्रावधानको अन्त्य गरे नेपालमा लगानीको उपयुक्त वातावरण बन्ने बताएका छन् । नेपालवाच डटकमको प्रस्तुति ‘पोलिसी डाइलग २०२२’ बोल्दै उनीहरूले सरकारले निजी क्षेत्रलाई हेर्ने आँखा र नीतिलाई बदल्नुपर्नेमा जोड दिएका हुन् ।
सहरी विकासम्नत्री रामकुमारी झाँक्रीले नेपालको नीति पूर्ण नभएको, कानुनले दुई अर्थ लगाउने, समयमा काम नहुने मुख्य समस्या भएको बताइन् ।
ठूला लगानीकर्ता र साना लगानीकर्ताबीच प्रतिस्पर्धाको भावना हुुनुपर्ने उनले बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले राज्यको नीतिलाई हेरेर लगानी ल्याउने भएकोले लगानीमैत्री नीति आवश्यक भएकोमा जोड दिए । नीजि क्षेत्र क्राउड फन्डिङ जस्तो हो भनेर सोच्ने चलनले युनिटीलाई जस्तै हेर्न मनस्थिति भएको बताए ।
नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका अध्यक्ष अनुज अग्रवाल नीजि क्षेत्रको भूमिका के हो भनेर प्रष्ट पार्दिए धेरै कुरा समस्या समाधान हुने बताउँछन् ।
‘सरकारी र निजी क्षेत्रको भूमिका र काम के हो भनेर प्रष्ट पार्नेगरी नीति बन्दिए लगानीको लागि कुनै आर्थिक कोषको खाँचो पर्दैन ।’ उनी भन्छन् ।
पोलिसी डाइलगमा कसले के भने ?
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया