गगन थापा प्रधानमन्त्री हुँदा कस्तो होला प्रधानमन्त्री कार्यालय ?
काठमाडौं । कांग्रेस महामन्त्री एवं पूर्व मन्त्री गगन थापाले नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न नेतृत्व तहमा नै अग्रसरता हुनुपर्ने बताएका छन् । नेपालवाचको प्रस्तुति ‘पोलिसी डाइलग २०२२’मा बोल्दै थापाले प्रधानमन्त्री तहबाट कार्यालयलाई बदल्ने जमर्को गर्दा धेरै विषय सुधारिएर जाने बताएका हुन् ।
निजामती क्षेत्रको अब्बल कर्मचारीलाई कार्यालयमा ल्याउनुपर्नेमा अघिल्लो सरकारबाट कर्नरमा पारिएकालाई टिममा राखेर सुरुदेखि नै प्रधानमन्त्रीले आफैंलाई कमजोर बनाउने गरेको उनको भनाई छ ।
नीतिमा बानेश्वरलाई देखाएर सिंहदरबारले गर्न सकिएन भन्छ भने यो कार्यपालिकाको कमजोरी रहेको पनि थापाको भनाई छ ।
पूर्व मन्त्री रेखा शर्माले देशको कानुन मानेर नाफा कमाउन पाइने भए पनि सेवामूलक संस्थामा बसेर नाफा कमाउन खोज्नु उचित नभएको बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रसँग सहकार्य गर्न जरुरी पनि छ । यो नाफामुलक पनि छ भन्ने बुझाउन सके समस्या नहुने बताउँछन् ।
कसले के भने हेरौं भिडियोमा
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया