काठमाडौंमा मेयरमा बालेन र उपमेयरमा एमालेका सुनिताले बनाइन् फराकिलो मतान्तर
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केवश स्थापितलाई ६ हजार ३८४ को फराकिलो मतान्तरले अग्रता बढाएका हुन् ।
शाहले १३ हजार ७६१ मत प्राप्त गर्दा स्थापितले ७ हजार ३७७ मत पाएका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ६ हजार ५३५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
उपमेयरतर्फ एमालेका उम्मेदवार सुनिता डंगोल आफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तर बढाएकी छन् । डंगोलले १२ हजार १५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा ३ हजार ६१४ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाले २ हजार ६२८ मत पाए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया