NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काठमाडौंमा मेयरमा बालेन र उपमेयरमा एमालेका सुनिताले बनाइन् फराकिलो मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केवश स्थापितलाई ६ हजार ३८४ को फराकिलो मतान्तरले अग्रता बढाएका हुन् ।

शाहले १३ हजार ७६१ मत प्राप्त गर्दा स्थापितले ७ हजार ३७७ मत पाएका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ६ हजार ५३५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

उपमेयरतर्फ एमालेका उम्मेदवार सुनिता डंगोल आफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तर बढाएकी छन् । डंगोलले १२ हजार १५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा ३ हजार ६१४ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाले २ हजार ६२८ मत पाए ।