रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए
काठमाडौं । रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए ।
उनी लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी भएका थिए । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनःमाओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् । पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उनलाई माओवादीले निष्कासन गरेको थियो ।
मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया