NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सत्ताको चास्नीमा आरजुको राइँदाइँ : जहाँ द्रव्य, त्यहाँ टुप्लुक्क

कहाँ–कहाँ छन् आरजुको कनेक्सन ?

काठमाडौं । ०५२ सालमा शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भए । ज्योतिष विज्ञानमाथि बिछट्टै आशा र भरोसा राख्ने देउवाको सिंहदरबार प्रवेशको साइत भने तीन दिनपछि मात्रै जु-यो । उनी साइत हेरेर मात्रै सिंहदरबार प्रवेश गर्न चाहन्थे ।

देउवा ज्योतिषीको साइत कुरिबस्दा यता श्रीमती आरजु राणा देउवाको चुरीफुरी भने निकै भइसकेको थियो । उनी प्रधानमन्त्रीभन्दा अघि नै सिंहदरबार प्रवेश गरिसकेकी थिइन् । सिंहदरबारमा प्रधानमन्त्री बस्ने कार्यकक्षको साजसज्जामा चासो प्रकट गर्दै आरजुले सुरुमै त्यहाँको टेबुल कुर्सीप्रति असन्तुष्टि जनाइन् ।

उनकै निर्देशनमा कार्यालयका टेबुल कुर्सी मात्र नभएर समग्र साजसज्जा नै परिवर्तन भयो । निकै महँगो नयाँ कुर्सी ल्याइयो । सोफा र पर्दाहरू फेरिए । प्रधानमन्त्री बस्ने कुर्सीको वास्तु नमिलेको भन्दै दिशा परिवर्तन गरियो ।

प्रधानमन्त्री कार्यकक्षको स्वरूप इच्छाअनुसार बनाउनु एउटा विषय हुन सक्छ । जुन स्वाभाविक पनि हो । तर पति प्रधानमन्त्रीमा बहाल हुनुअघि नै प्रधानमन्त्री कार्यालय छिरेर आरजुले देखाएको यस्तो रवाफले कर्मचारीहरू अचम्मित भए।

प्रधानमन्त्री कार्यालयका ती अधिकृत त्यतिबेला तीनछक परे जब ‘श्री सचिवज्यू, प्रधानमन्त्रीको कार्यालय, यस निवेदनका सम्बन्धमा तत्काल कारबाही गरिदिन हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट आदेश भएको छ’ भन्दै आरजुले आफ्नै नाम र हस्ताक्षरको तोक लगाएको पत्र प्राप्त गरे ।

हुकुमी राणा शासनविरुद्ध लडेको र आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी मान्ने नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री देउवाको पत्नीबाट सायद यस्तो अपेक्षा गरिएको थिएन । त्यसबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अवकाशप्राप्त एक कर्मचारीका अनुसार, आरजुको चासो त्यसपछिका दिनमा कार्यालयका टेबुल, कुर्सी र वास्तु परिवर्तनमा मात्रै केन्द्रित नभएर कागजमार्फत हुकुम चलाउने तहसम्मै विस्तार भयो ।

प्रधानमन्त्री नियुक्त हुनासाथ भेट गर्न आएकाले निवासमै देउवासमक्ष विभिन्न माग राख्दै निवेदन दिइसकेका थिए । तीमध्ये प्रधानमन्त्री कार्यालयका सचिवको नाममा तोक लागेको एउटा निवेदन प्रधानमन्त्रीका एक सहयोगीले अधिकृतको हातमा दिए । प्रधानमन्त्री कार्यालयका ती अधिकृत त्यतिबेला तीनछक परे जब ‘श्री सचिवज्यू, प्रधानमन्त्रीको कार्यालय, यस निवेदनका सम्बन्धमा तत्काल कारबाही गरिदिन हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट आदेश भएको छ’ भन्दै आरजुले आफ्नै नाम र हस्ताक्षरको तोक लगाएको पत्र प्राप्त गरे । बुझ्दैं जाँदा थाहा लाग्यो, पाँच वटा निवेदनमा त्यसरी नै आरजु आफैंले तोक लगाइकेकी थिइन् ।

साइत हेरेर देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा निवेदनको चाङ नै लागिसकेको थियो । ती सबैमा आरजुले फलानो सचिव भनेर निसंकोच आफ्नै नाममा तोक लगाइदिइन् ।

‘सामान्य व्यक्तिको जति पनि बुद्धि रहेनछ भनेर त्यतिबेलै आरजुको आलोचना सुरु भएको थियो,’ आरजुको यी सबै बबण्डर नजिकबाट नियालेका एक पूर्व सरकारी अधिकृतले नेपालवाचसँग भने ।

नामको अगाडि ‘डा’ को उपमा भिरेकी आरजुको यो निकै अपरिपक्व काम थियो । प्रधानमन्त्री कार्यालयको नामको पत्रमा उनले सही गर्न मिल्दैनथ्यो । तर त्यसरी आफैं सही गरेर पठाउने उनको क्रियाकलापले त्यत्तिबेलैदेखि नै शक्ति र सत्ताप्रतिको उनको मोह र महत्वकांक्षा झल्किएको ती पूर्वकर्मचारी बताउँछन् ।

‘यो त काम नबुझेर भन्दा पनि आफ्नो प्रभाव देखाउनका लागि गरेको हो,’ उनले भने ।

आरजुका यस्ता गतिविधिले त्यतिबेला कर्मचारी निकै रुष्ट भएका थिए । श्रीमान् नेतृत्वमा छँदाका सुरुवाती दिनदेखि नै भ्रष्टाचारउन्मुख प्रवृत्तिलाई स्थापित गर्नका लागि उनले रवाफ देखाउँदै आएकी थिइन्, जुन अद्यापि कायम छ ।

नियुक्तिमा आरजुको संलग्नता

सत्ताको चास्नीको स्वाद राम्रैसँग पाएकी आरजुले विभिन्न पदहरूमा राजनीतिक नियुक्तिका सम्बन्धमा निकै ठूलो चासो रहने गरेको छ ।

२०७४ सालको निर्वाचनमा ती आयुक्तले नियुक्तिको लागि बुझाएको रकमको बीसौं गुणा बढी कमाएको चर्चा निर्वाचन आयोगका कर्मचारीवृत्तमा चल्ने गरेको छ ।

एउटा उदाहरण हेरौं । निर्वाचन आयुक्तको पद रिक्त थियो । स्याङ्जा घर भएका पूर्वसचिव कांग्रेसका प्रभावशाली नेता, जो स्याङ्जाकै थिए, लाई लिएर देउवाकोमा पुगे । ती नेताको कुरा सुनेर देउवाले उनलाई नियुक्तिको लागि सिफारिस गर्ने आश्वासन दिए । ती पूर्व सचिवलाई आश्वासन दिएको विषय आरजुलाई अलिक पछि मात्र थाहा भयो । उनले ती पूर्व सचिवलाई आफ्नोमा बोलाएर ‘अर्कोलाई पैसा खुवाउने अनि सिफारिसचाहिँ देउवाले गरिदिनु पर्ने’ भनेर बार्गेनिङ गरिन् । ती पूर्वसचिवलाई आपत प–यो । पहिल्यै कांग्रेसका एक नेतालाई २५ लाख बुझाइसकेका उनी आरजुलाई पनि २५ लाख रूपैयाँ बुझाउन राजी भए । पछि ती पूर्वसचिव बाचाबमोजिम नै आयोगको आयुक्तमा नियुक्त भए ।

२०७४ सालको निर्वाचनमा ती आयुक्तले नियुक्तिको लागि बुझाएको रकमको बीसौं गुणा बढी कमाएको चर्चा निर्वाचन आयोगका कर्मचारीवृत्तमा चल्ने गरेको छ ।

आरजुको नियुक्ति प्रक्रियामा संलग्नताको सेटिङको जालो यस्तो हुने गरेको कुरा जानकारहरु बताउँछन् ।

शेरबहादुर देउवाको नामबाट हुने सबै नियुक्तिको सिफारिसमा आरजुको हैकम चल्छ र सबै केशमा बिना रकम कसैको नियुक्ति हुँदैन भन्ने कुरा नियुक्तिको लागि प्रयासरतहरुले बताउने गरेका छन् ।

पहिलो,आरजुसँग सीधै सम्बन्ध हुनेहरूले नियुक्ति गर्नुपर्ने व्यक्तिलाई समेत सँगै लगेर कुरा राख्छन् । कुरा राखिसकेपछि एक पटक शेरबहादुर देउवालाई भेट गर्न भन्छिन् । देउवासँग भेट भएपछि ती नियुक्तिका आकांक्षीले भानु देउवा वा दक्ष पौडेल (पूर्व कर्मचारी नेता भानुभक्त ढकालका सम्धी) वा अन्य त्यस्तै अर्को विश्वासिलो व्यक्तिसँग भेट्नुपर्छ र कति लेनदेन हुने हो, त्यो निश्चित गर्नुपर्छ । तोकिएको रकम बुझाउन सक्नेले बुझाउँछन् र नियुक्ति पाउँछन् । नसक्ने रिङ्गबाट आउट हुन्छन् ।

दोस्रो,शेरबहादुर देउवासँग नजिक हुने व्यक्तिले नियुक्तिको आकांक्षीलाई सँगै लगेर उनैसँग भेट गराउँछन् र कुरा राख्छन् । देउवाले एक पटक आरजुसँग पनि भेट गराउन भन्छन् । अनि त्यो काम पनि हुन्छ । अरु प्रक्रिया माथि उल्लेख भए अनुसार नै हुन्छ ।

यसरी शेरबहादुर देउवाको नामबाट हुने सबै नियुक्तिको सिफारिसमा आरजुको हैकम चल्छ र सबै केशमा बिना रकम कसैको नियुक्ति हुँदैन भन्ने कुरा नियुक्तिको लागि प्रयासरतहरुले बताउने गरेका छन् ।

सचिव लखेट्न माहिर

यस्ता विवादित काममा सुरुवाती दिनदेखि नै सक्रिय रहँदै आएकी आरजुका गतिविधि अहिले पनि उस्तै छन् । नेपाल सरकारका कति सचिवहरू त उनको दपेट्याइकै कारण लामो समयसम्म पनि मन्त्रालयको दरबन्दी पाउँदैनन् । तिनैमध्ये पर्छन्, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारी ।

भण्डारी अर्थ मन्त्रालयको बजेट महाशाखामा कार्यरत थिए । त्यही समय राप्रपाको राजनीति गर्दै आएकी आरजुकी आमा प्रतिभा राणा कांग्रेसको कोटाबाट जापानका लागि नेपाली राजदूत थिइन् । टोकियोमा रहेकी आफ्नी आमाका लागि आरजुले मन्त्रालयमा गाडी किन्न माग गरिन् । भण्डारीले गाडी किन्ने बजेट दिन मानेनन् । यसको मूल्य भण्डारीलाई चर्को प-यो । सुरुमा उनको कर्णालीमा सरुवा गरियो । भण्डारीपछि सचिवमा पदोन्नति भए । तर निकै लामो समयसम्म मन्त्रालयमा दरबन्दी पाउनबाट वञ्चित रहे । अर्थमा राम्रो सम्भावना र क्षमता देखाएका भण्डारी नेतृत्व रिझाउन नसकेकै कारण अवसरबाट वञ्चित बनाइएको उनका समकक्षीहरू बताउँछन् ।

पारिवारिक पृष्ठभूमि

आफूलाई जुद्ध शमशेरकी नातीनी भने पनि आरजुको पारिवारिक पृष्ठभूमि राज खलकसँग प्रत्यक्ष जोडिएको पाइँदैन । जुद्ध शमशेरलाई ज्योतिषले ‘७० वर्षमा राजकाज छोड्न पर्छ’ भनेका थिए । ९० सालको भूकम्पको भविष्यवाणी गरेका ती ज्योतिषको सल्लाहलाई शिरोपर गर्दै उनी शासन सत्ता बुझाएर पाल्पा, देहरादुनलगायत ठाउँमा गएर बसे ।

त्यही क्रमममा जुद्ध शमशेरलाई ‘यो पनि तपाईंकै बच्चा हो’ भनेर आरजुका बुबा विनोद शमशेरलाई बुझाउँदा उनी दुई वर्षका थिए । जुद्धका २७ वटा बच्चा थिए । यत्तिका बालबच्चाको भीडमा विनोद शमशेरलाई बुझाउँदा ‘ए यो पनि मेरै हो ? नजिकै कतै अंश दिनू’ भनेर उनी यात्रामा निस्किएको बताइन्छ ।

विद्यालय जीवनदेखि नै आरजुको व्यक्तित्व तेज थियो । व्यक्तित्वका हिसाबले उनी ‘कन्फिडेन्ट’ देखिन्थिन् भने जावलाखेलस्थित सेन्ट म्यारिजमा पढ्दा विद्यालय क्याप्टेनसमेत भएकी थिइन् । भारतको चण्डीगढबाट विद्यावारिधि गरेर आउँदासम्म उनको व्यक्तित्वमा धेरै परिवर्तन आइसकेको थियो ।

राणा परिवारहरू आरजुका बुबा विनोद विवाहित नेवार महिलाबाट जन्मिएको बताउँछन् ।

प्रकाश ए.राजद्वारा लिखित ‘महाराज जुद्ध शम्शेरको जीवनी’ पुस्तकमा उनका १८ रानी भएको उल्लेख छ । उनीहरूमध्ये ६ जना ब्याइते र १२ जना ल्याइते थिए । ल्याइतेमध्येकै सबैभन्दा कान्छीबाट विनोद शमशेरको जन्म भएको उक्त पुस्तकमा उल्लेख छ । राणा परिवारकै अर्काथरी भने ‘ल्याइते’ र ‘ब्याइते’ श्रीमतीभन्दा पनि पहिचान नभएकोबाट जन्म भएको र विनोदशमशेरका परिवारलाई खासै सम्पत्ति पनि नदिइएको बताउँछन् । त्यतिबेला जुद्ध शमशेरले अपनाएसँगै विनोद शमशेरले नारायण शमशेरको छेउतिरको क्याम्पमा सम्पत्ति पाए ।

जानकारका भनाइमा आरजु ०४६ सालसम्म पनि स्कुटर चलाएर हिँड्थिन् । शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएर भारत जाँदा पनि उनले लगाएका गरगहनाहरू नारायणशमशेरको परिवारले दिएको भनिन्छ ।

विद्यालय जीवनदेखि नै आरजुको व्यक्तित्व तेज थियो । व्यक्तित्वका हिसाबले उनी ‘कन्फिडेन्ट’ देखिन्थिन् भने जावलाखेलस्थित सेन्ट म्यारिजमा पढ्दा विद्यालय क्याप्टेनसमेत भएकी थिइन् । भारतको चण्डीगढबाट विद्यावारिधि गरेर आउँदासम्म उनको व्यक्तित्वमा धेरै परिवर्तन आइसकेको थियो ।

अहिले भने देउवा उमेरले जति बुढो हुँदै गए उति नै आरजुमाथि आश्रित हुँदै गएको निकटस्थहरूको भनाइ छ । दोस्रो पटक पार्टी सभापति र अझ पछिल्लो समय प्रधानमन्त्री नै बनाइदिइन् भनेर उनी दंग छन् ।

३१/३२ वर्षकी अंग्रेजी बोल्ने टाठी महिला । पिएचडी गरेर भारतबाट नेपाल फर्किएको त्यही बेलामा उनको भेट नेपालका लागि अमेरिकी राजदूत जुलिया चाङसँग भयो । त्यही बखत शेरबहादुर देउवा गृहमन्त्री थिए । राजदूत जुलियाले दुई देशको सम्बन्ध मात्रै होइन आरजु र देउवाको विवाहका लागि पनि लमीको भूमिकासमेत निभाउन भ्याइन् । जुलियाले मिलाइदिएको देउवा र आरजुबीचको सम्बन्धलाई अहिले पनि धेरैले शंकाकै दृष्टिकोणले हेर्छन् ।

उनीहरू दुईको सम्बन्धलाई नजिकबाट नियाल्नेहरूले यो कुनै कोणबाट स्वस्थ्य विवाह नभएको टिप्पणी गर्छन् । कांग्रेस उच्च स्रोतका भनाइमा सार्वजनिक मञ्चमा पनि सधैं रिसाहा अवस्थामा रहने देउवाले समूहमै श्रीमती आरजुलाई समेत अपशब्द बोल्छन् । कतिपय अवस्थामा आरजु त्यो भीडबाट रुँदै निस्कने गर्छिन् । ‘मान्छेको हुल होस् या एकल अवस्था, दम्पतीबीच एकले अर्कालाई अपमानजनक व्यवहार गर्नु स्वस्थ विवाहको कोटामा पर्दैन,’ उनले भने, ‘यस्तो त धेरै पटक हामी आफैंले देख्यौं ।’

अहिले भने देउवा उमेरले जति बुढो हुँदै गए उति नै आरजुमाथि आश्रित हुँदै गएको निकटस्थहरूको भनाइ छ । दोस्रो पटक पार्टी सभापति र अझ पछिल्लो समय प्रधानमन्त्री नै बनाइदिइन् भनेर उनी दंग छन् ।

विश्वासपात्र को –को ?

पार्टीभित्र आजुका प्रिय विश्वासपात्रमध्ये पर्छन्, उमेश श्रेष्ठ । यस पटकको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा देउवा निकटका उम्मेदवारहरूलाई पैसा बाँड्ने जिम्मेवारी उनैले पाएका थिए । देउवा क्याम्पभित्रकै एक नेताका अनुसार श्रेष्ठको घरबाटै प्रदेश सांसदलाई पाँच र संघकालाई दश लाखको दरले रकम बाँड्ने काम भएको थियो ।

सम्पत्ति शुद्धीकरणको सूची नै लिएर भूषणले रकम उठाउने गरेको बताइन्छ । सूचीमा नाम हुनेहरू सबैलाई फोन नै गरेर ‘पैसा बुझाउने भए बुझाऊ, नत्र फाइल अघि बढ्छ’ भन्दै थर्काएर रकम असुल्ने गरेको कांग्रेस उच्च स्रोतले बतायो । सम्पत्ति शुद्धीकरणमा सयौंको संख्यामा हुने गरेका त्यस्ता फाइल भूषणको पेवाजस्तै बनेको बताइन्छ ।

आरजुका आफ्नै भाइ भूषण राणा त दिदीका लागि विभिन्न ‘सेटिङ’ का काम ओसारपसारका नाइके नै हुन् । सरकारी नियुक्ति, लेनदेनमा उनी कतिसम्म क्रियाशील रहे भन्ने कुरा पछिल्लो पटक सर्वोच्च अदालतले जारी गरेको परमादेशका कारण देउवा प्रधानमन्त्री हुँदा सरकारका गतिविधिमा उनी हाबी भएको विषयबाटै थाहा हुन्छ ।

आरजुसँगै भूषण पनि सरकारका हरेक गतिविधिमा हाबी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नै सार्वजनिक रूपमा टिप्पणी गर्न उत्रिएका थिए । त्यस समय एमाले अध्यक्ष ओलीले सार्वजनिक मञ्चमै ‘यो देश भाउजूले चलाइरहनुभएको छ कि, सालोले कि प्रम आफैंले ?’ भनेर प्रश्न गरेका थिए ।

उनै भुषण राणा कांग्रेसको नाममा अझै पनि पैसा उठाउँदै हिँड्छन् । उनीमाथि कांग्रेसकै निकटस्थहरू पार्टीलाई १९/२० करोड पैसा छरेर उठाउने धन्दामा लागिरहेको आरोप लागउँछन् । झन् आरजुले गर्ने लेनदेनमा मुख्य रूपमा पुलको काम पनि उनै राणाले गर्दै आएका छन् । लेनदेनका सारा काम उनैले ल्याउने गरेको नेपाली कांग्रेससँग निकट रहेकाहरू बताउँछन् ।

कतिसम्म भने सम्पत्ति शुद्धीकरणको सूची नै लिएर भूषणले रकम उठाउने गरेको बताइन्छ । सूचीमा नाम हुनेहरू सबैलाई फोन नै गरेर ‘पैसा बुझाउने भए बुझाऊ, नत्र फाइल अघि बढ्छ’ भन्दै थर्काएर रकम असुल्ने गरेको कांग्रेस उच्च स्रोतले बतायो । सम्पत्ति शुद्धीकरणमा सयौंको संख्यामा हुने गरेका त्यस्ता फाइल भूषणको पेवाजस्तै बनेको बताइन्छ ।

उनीहरूले यसरी रकम लेनदेन गर्दा सुरुमा हाकाहाकी बिटा बिटाको ब्रिफकेस नै लिन्थे । यसरी ब्रिफकेससहितको पैसा उठाउने काम अलि खतरा भयो । बैंकले पनि कडा गर्न थालेपछि उनीहरूले लगानीको विस्तार स्वदेश नभएर विदेशमार्फत गर्न थाले । सिंगापुर, दुबइमा कारोबार गर्न थाले । काम यहाँ गर्ने र त्यहाँ गएर दुई रात बस्ने, कारोबार गर्ने र फर्किने । यो विधिले पनि पुगेपछि कम्पनीमा सेयर लिन थालेको बताइन्छ ।

ती स्रोतका अनुसार उनीहरूले पछिल्लो समय त हिरामोती र सुनमा पनि कारोबार गर्न थालेका छन् । त्यसैले घुसचाहिँ अब हिरा मोती र सुनमा कारोबार हुन थालेको छ । त्यस्ता वस्तुको ‘ट्रेसेबिलिटी’ नै नभएकाले उनीहरूलाई यसमार्फत कारोबार गर्न सहज भएको छ ।

सेयरमा कारोबार बढेको उदाहरण हो आरजुका छोरा जयवीर सिंह देउवाको नाममा भएको १६ वटा कम्पनीको सेयर । आरजुले आफ्नो लेनदेन अब आफूमा मात्रै सीमित राखेकी छैनन् । विभिन्न ठाउँबाट उठाइएका यस्ता रकम वैधानिक बनाउने अर्को उपायको उदाहरण हो, उनका एकलौटी छोरा जयवीर देउवाको नाममा १६ वटा कम्पनीको सेयर । उनी बेलायतबाट नेपाल फर्किएको पनि धेरै समय भएको छैन । छोटो समयमै उनका नाममा ‘ट्रान्स्फर’ भइरहेको सम्पत्तिको रफ्तार रहस्यमय देखिन्छ ।

उनको कम्पनी ब्लूप्रिन्ट ट्रेडिङ प्रालिले सेनिटरी प्याड आयात गरेको विषय चर्चामा आयो । यो कम्पनीमा उनीसँगै भरतपुरका हेमन्त बजगाईंको पनि पार्टनरसिप छ । अनाधिकृत व्यक्ति घुसाएर बजेटमा चलखेल गरेको आरोपमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए । तर उनको राजीनामामा बजेटभित्र जयवीरको कम्पनीलाई पोस्नकै लागि सेनिटरी प्याडमा दिइएको भन्सार छुटको रहस्य भने लुकेन ।

विदेशबाट आयात हुने यस्ता सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट हुनेबारे बजेटमार्फत शर्माले घोषणा गरे । यो घोषणा हुनेबित्तिकै उक्त कम्पनीबाट ४० कन्टेनर अर्थात् ८ करोड थान प्याड चीनबाट अर्डर भएको समाचार सम्प्रेषण भएका थिए । यसबारे चर्को विरोध तथा आलोचना भएपछि कम्पनीले बच्चाको डाइपर मात्रै आयात गर्ने गरेको भन्दै ब्लूप्रिन्ट प्रालिले स्पष्टोक्ति दिएको थियो ।

कम्पनी रजिस्टारको कार्यालयमा भएको विवरणमा जयवीरको नाममा पश्चिम गोदावारी मिनिरल वाटर, ब्लूप्रिन्ट ट्रेडिङ, मण्डला डिजाइन होल्डिङ्सलगायतमा सेयर रहेको देखिन्छ ।

आरजुको नभएको नियुक्ति तथा ठूलो ठेक्कापट्टा कहीं पनि ठाउँ बाँकी छैन । राजदूत नियुक्तिमा पनि सबैमा खाएकै छन् । पहिलो तीनवटा श्रीधर खत्री, शंकर शर्मा र विज्ञानचन्द्र आचार्यबाहेक सबैमा उनले लोदेन गरेको बताइन्छ ।

आनन्द बतास

पोखराका आनन्द बतास पनि आरजुका विश्वासिलो पात्रमध्येमा पर्छन् । बतासको अधिकांश ठाउँमा सेयर छ । विवादित बतास ग्रुपमा पनि आरजुको लगानी रहेको विषय बाहिरिएको थियो । बतासको आधिकारिक वेबसाइटमै आरजु सल्लाहकार रहेको भनेर खुलाइएको थियो । तर नारायणहिटी परिसरमा रेष्टुरेन्ट सञ्चालन गर्ने भन्दै जथाभावी रूपमा संरचना निर्माण गर्न थालेपछि उक्त कम्पनी विवादमा आयो ।

त्यसो त सरकारी सम्पत्तिमा कौडीको भाउमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीमा आरजु आफैं सल्लाहकार रहेको पाइएपछि विवाद थप चुलियो । विवादमा परेसँगै कम्पनीले उनी त्यहाँ सल्लाहकार नरहेको स्पष्टोक्तिसहित उनको नाम आफ्नो वेबसाइटबाट हटायो ।

जानकारका भनाइमा आरजुको नभएको नियुक्ति तथा ठूलो ठेक्कापट्टा कहीं पनि ठाउँ बाँकी छैन । राजदूत नियुक्तिमा पनि सबैमा खाएकै छन् । पहिलो तीनवटा श्रीधर खत्री, शंकर शर्मा र विज्ञानचन्द्र आचार्यबाहेक सबैमा उनले लोदेन गरेको बताइन्छ ।

देउवा प्रधानमन्त्री भइसेपछि आरजुले बबरमहलमा अफिस नै खोलेकी थिइन् । कर्मचारीको सरुवालगायत कार्य त्यहीँ भएको लेनदेनका आधारमा हुन्थ्यो । त्यहीँबाट नियुक्ति र ठूला ठेक्कापट्टामा अधिकतम रकम उठाउने काम हुन्छ ।

हरेक नियुक्तिमा चलखेल

बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको पदीय हैसियतकै हुर्मत लिएर ‘डमी’ को रूपमा राखिएको विषय ‘ओपन सिक्रेट’ जस्तै थियो । किनभने, प्रहरीको हरेक सरुवा बढुवा र नियुक्तिमा आरजु आफैं अग्रसर थिइन् ।

अझ पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको सरुवाका लागि आरजु र देउवा दुवैले दबाब दिएको कुरा घामजस्तै छर्लंग भइसकेको छ । यो प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको सरुवाले पनि यो पुष्टि हुन्छ ।

पछिल्लो समय मुलुकका महत्त्वपूर्ण निकायमा हुने हरेक नियुक्तिमा आरजुको लेनदेन छ । अर्थ मन्त्रालय जाने सचिवले पैसा बुझाएर जान्छन् । हरेक नियामक निकायको नियुक्तिमा पनि लेनदेन नै चलिरहेको छ । त्यसमा आरजुको संलग्नता रहने गरेको निकटस्थहरू बताउँछन् ।

एउटा उदाहरण हेरौं, नियामकको प्रमुख हुने दौडमा देउवा प्रधानमन्त्री हुँदा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्नका लागि प्रदीप अधिकारीले १५ करोड रकम नै बुझाए ।

लेनदेन उत्कर्षमा पुगेपछि ११औं तहका अधिकारी १२औं तहका प्रेमनाथ ठाकुर, भोला गुरागाईं, प्रतापबाबु तिवारी र देवचन्द्रलाल कर्णलाई पछि पार्दै महानिर्देशक नियुक्त भए ।

देउवासँग उनले बुझाएको करौडौंको लेनदेनकै कारण हुनपर्छ, केही समयअघि मात्रै महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई प्रधानमन्त्री पुष्पकमल दाहालकै अघि हुर्मत लिए ।

मन्त्रीले अधिकारीलाई स्पष्टीकरण सोधेको विषयमा उनले आनाकानी गरेपछि यो विषय प्रधानमन्त्रीसम्मै पुग्यो । देउवाको आडमा महानिर्देशक अधिकारीले देखाएको ‘दादागिरी’मा मन्त्री किराँतीको कुनै जोड चल्नेवाला थिएन, भयो पनि त्यस्तै ।

धितेपात्रो बोर्डमा रमेश हमालले दीपक भट्टमार्फत त्यसैगरी रकम बुझाएर नियुक्ति लिएको बताइन्छ । नयाँ स्टक ब्रोकरको लाइसेन्स नवीकरण गर्ने, स्टक एक्स्चेन्ज रोक्ने, नेप्सेलाई धराशायी बनाउनेलगायतका शर्तका चाङ स्वीकार गरेर उनी त्यहाँ पुगेको आरोप छ । बोर्डमा आएपछि यो–यो काम गर्नुपर्छ भनेर उनै भट्टले पहिल्यै शर्त राखिसकेको र त्यहीअनुसार रकम बुझाएर गएको बताइन्छ । अहिले स्वास्थ्यका सचिवदेखि, अर्थका मन्त्रालयका महानिर्देशकको पनि हालत यस्तै छ ।

कहाँ–कहाँ लगानी ?

आरजुको मुख्य पृष्ठभूमि गैरसरकारी संस्था नै हो । सुरुवाती दिनमा उनले गैरसरकारी संस्थाहरूमार्फत नै महिलाका विषयलाई उठाउने गरेकी थिइन् । अहिले पनि यी क्षेत्रको लगानीमा उनले आफ्नो साम्राज्य विस्तार गरेकी छन् । एनजिओ र आइएनजिओमा उनको मुख्य लगानी छ ।

नेपालकै महंगोमध्येको ललितपुरस्थित यूलियन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सञ्चालक हुन् आरजु । जुन गैरसरकारी संस्थाको नाममा दर्ता छ । यसबाहेक उनी ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र साथी नामक एनजिओको संस्थापक अध्यक्ष तथा सल्लाहकार छिन् भने नामीमा अध्यक्ष छिन् । त्यस्तै सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष हुन् भने ब्लड डोनर्स एशोसिएसन अफ नेपालको पनि संरक्षक छिन् ।