पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया