मानव अधिकार एलाइन्स बागमती प्रदेशमा निर्विरोध समिति गठन

काठमाडाैं । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बागमती प्रदेश प्रथम अधिवेसन तथा मानव अधिकारकर्मी र सामाजिक अभियान्ताहरुको प्रदेश सम्मेलन २०७९ सम्पन्न भएको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
अधिवेसनबाट निर्विरोध रुपमा श्यामकृष्ठ श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार एलाइन्स बागमती प्रदेश समिति निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा केशव राज पन्त र कविता शाह, सचिवमा हरिबोल आचार्य सहसचिवमा अन्जन प्रसाद पौडेल र पावर्ती घिमिरे दवाडी र कोषाध्यक्षमा निर्मल कुमार उप्रेती चयन भएका छन् ।
सदस्यहरूमा सन्तोष महर्जन,सुवर्ण अधिकारि,शुनिता शर्मा, हरी प्रसाद तिमल्सिना, बिन्द्रा बि क, पम्फा मगराती , प्रमिला सुबेदी र दावा छिरिंङ लामा निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया